‘किंग’मा छोरीसँग काम गर्न लागेको शाहरुखले दिए हिन्ट

नयाँ दिल्ली । गएको वर्ष बक्स अफिसमा शाहरुख खानको पठान, जवान र डंकी एक पछि अर्को गर्दै हिट भो । तर यो वर्षको यतिका महिना बितिसक्दा पनि बलिउडका बादशाहले नयाँ प्रोजेक्टको आधिकारिक घोषणा गरेका छैनन् । तर यसैबिच शाहरुखले आफ्नै छोरीसँग एउटा फिल्ममा काम गर्ने खबर आएको थियो । सुजोय घोषको निर्देशनमा बन्न लागेको यो फिल्मको नाम किंग बताइएको छ ।
यो एक्शन फिल्म आइकोनिक हलिउड फिल्मको रिमेक हुने हल्ला छ । तर फिल्मका निर्माता र शाहरुख खान दुवैले यसबारे अहिलेसम्म कुनै घोषणा गरेका छैनन् । तर शाहरुख खानको नयाँ भिडियोलाई फ्यानहरुले किंगको कन्फर्मेशन मानिरहेका छन् । शाहरुखको एक फ्यान क्लबले सामाजिक सञ्जाल एक्समा नयाँ भिडियो शेयर गरेको छ । यसमा उनी असोका फिल्मका निर्देशक सन्तोष सिवानको प्रशंसा गरिरहेका छन् ।
सन्तोषलाई गएको हप्ता कान्समा सिनेमेटोग्राफीका लागि ठूलो सम्मान दिइएको थियो । यस भिडियोमा शाहरुख बसेको सोफाको नजिकमा एउटा स्पाइरल बुक राखिएको छ । यसमा ‘किंग’ लेखिएको छ । यो हेरेर फ्यानहरु शाहरुखले अप्रत्यक्ष रुपमा किंगमा काम गरिरहेको संकेत गरेको भन्ने अड्कल सुरु गरेका छन् । एक यूजरले सो भिडियोमा ‘किंगको स्क्रिप्ट तयार छ भाइ’ भनेर लेखेका छन् ।
किंगमा डन अवतारमा देखिनेछ शाहरुखलाई ?
किंग हलिउडको क्लासिक फिल्म ‘लियोनः द प्रोफेशन’मा आधारित हुने बताइएको छ । यो शाहरुखको अलटाइम फेभरेट फिल्ममध्ये एक हो । पठान रिलिज हुनु अघि नै शाहरुखले यो फिल्मको नाम लिएका थिए । आफूले ‘लियोनः द प्रोफेशनल’ जस्तै फिल्ममा काम गर्न चाहेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान
-
विदेशी लगानी खुला गर्नेदेखि ५ वर्ष वृद्धभत्ता नबढाउन खनाल आयोगको सुझाव, कार्यान्वयन कति सम्भव ?
-
भारतमा धुलोयुक्त तीव्र आँधी
-
जसपा रुपन्देही जिल्ला अधिवेशन बैशाख १३ गते गर्ने निर्णय