आईपीएलको रोचक तथ्याङ्क : १ रन बराबर २ करोड ४० लाख रुपैयाँ !

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण सकिएको छ । आईपीएलको उपाधि कोलकाता नाइट राइडर्सले जित्यो । यो सिजन लिग चरणबाटै बाहिरिने टिममध्ये दिल्ली क्यापिटल्स पनि एक हो ।
दिल्लीले लिग चरणमा आफूले खेलेको १४ मध्ये सात खेलमा जित र सात खेलमा हारको नतिजा निकाल्यो । दिल्लीले अंक तालिकाको छैटौँ स्थानमा रहँदै आफ्नो यात्रा टुंग्याएको थियो ।
तर, दिल्ली क्यापिटल्सका एक ब्याट्सम्यान अहिले चर्चाको विषय बनेका छन् । सामाजिक सञ्जालमा उनको निकै चर्चा भइरहेको छ । खासमा दिल्ली क्यापिटल्सले कुमार कुशाग्रबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको थियो ।
त्यसैले दिल्लीले उनलाई ७ करोड २० लाख भारतीय रुपैयाँमा टोलीमा आबद्ध गरेको थियो । तर, उनी दिल्लीको विश्वासमा खरो ओर्लन सकेनन् । उनले लिग चरणमा चारवटा खेल खेले ।
कुमार कुशाग्रले चार खेलमा कुल तीन रनमात्र बनाउन सके । यसको अर्थ दिल्ली क्यापिटल्सले कुमार कुशाग्रको प्रत्येक रनका लागि दुई करोड ४० लाख भारतीय रुपैयाँ खर्चियो ।
यसैगरी लखनउ सुपर जाइन्ट्सले देवदत्त पाडिकलका लागि सात करोड ७५ लाख भारतीय रुपैयाँ खर्चिएको थियो । तर, उनले पनि टोलीका लागि गतिलो प्रदर्शन गर्न सकेनन् । उनले सात खेलमा कुल ३८ रनमात्र बनाउन सके ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु
-
पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु
-
बबरमहलमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु, दुई घाइते
-
लजमा जुवातास खेलिरहेका १३ जना पक्राउ
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?