गौतम गम्भीरलाई भारतीय टोलीको प्रमुख प्रशिक्षक बनाउने तयारी

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) यतिबेला राष्ट्रिय टोलीका लागि नयाँ प्रमुख प्रशिक्षकको खोजीमा छ । बीसीसीआईले प्रमुख प्रशिक्षक पदका लागि आवेदन पनि माग गरिसकेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, बीसीसीआईले भारतीय टोलीका पूर्वखेलाडी गौतम गम्भीरलाई नयाँ प्रशिक्षक बनाउने तयारी गरिरहेको छ । गौतम गम्भीर आफ्नो समयका प्रभावशाली खेलाडी हुन् ।
उनी भारतलाई विश्वकप जिताउने टोलीका सदस्य पनि हुन् । हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा उनी कोलकाता नाइट राइडर्सका मेन्टर पनि थिए । आईपीएलको यो सिजनको उपाधि पनि कोलकाताले नै जितेको थियो ।
राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक बनाउने विषयलाई लिएर बीसीसीआईका पदाधिकारीहरूले गम्भीरसँग विभिन्न चरणमा छलफल समेत गरिसकेको समाचारमा जनाइएको छ । यद्यपि, बीसीसीआईले आधिकारिक रूपमा यस विषयमा केही बताएको छैन ।
कोलकाता नाइट राइडर्समा आबद्ध हुनुअघि गम्भीर लखनउ सुपर जाइन्ट्सका मेन्टर थिए । त्यतिबेला लखनउले पनि आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । गम्भीरले भारतका लागि एक सय ४७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै कुल पाँच हजार दुई सय ३८ रन बनाएका छन् ।
गौतम गम्भीरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ११ शतक र ३४ वटा अर्धशतक पनि प्रहार गरेका छन् । यसका अतिरिक्त उनले ५८ टेस्टमा कुल चार हजार एक सय ५४ रन बनाएका छन् । टेस्ट क्रिकेटमा पनि उनले नौ शतक र २२ वटा अर्धशतक बनाएका छन् ।
टेस्ट क्रिकेटमा उनले दोहोरो शतक पनि प्रहार गरेका छन् । उनले देशका लागि ३७ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल नौ सय ३२ रन बनाएका छन् । यस क्रममा उनले सातवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
अहिले राहुल द्रबिड भारतीय टोलीका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा भारतले टी–२० विश्वकपको नवौँ संस्करण खेल्दैछ । टी–२० विश्वकपको नवौँ संस्करण सकिएलगत्तै उनको कार्यकाल पनि समाप्त हुँदैछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
स्वास्थ्य मन्त्रालयले भन्यो– औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएकाले खरिद रोकियो
-
सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो
-
पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारले थाल्यो छानबिन
-
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
-
रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीमा जारी