पद्मकन्या क्याम्पसमा मङ्गलादेवी सिंह फाउन्डेसनको अक्षयकोष स्थापना

काठमाडौँ । पद्मकन्या बहुमुखी क्याम्पसमा मङ्गलादेवी सिंह फाउन्डेसनले ५ लाख राशिको अक्षय कोष स्थापना गरेको छ । फाउन्डेसनको तर्फबाट सिर्जना सिंहले अक्षय कोषका लागि ५ लाख राशिको चेक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेकी छन् । पद्मकन्या क्याम्पसमा आज एक कार्यक्रमकाबिच अक्षयकोष स्थापना गरिएको हो ।
पद्मकन्या क्याम्पसको राजनीति शास्त्रका विद्यार्थीका लागि । एम.ए.र स्नातक तहका विद्यार्थीलाई प्रत्येक वर्ष अक्षय कोषबाट छात्रवृत्ति दिइनेछ । क्याम्पस प्रमुख प्रा.डा.जयालक्ष्मी प्रधानले अक्षयकोष स्थापनाले आफूहरू उत्साही भएको भन्दै फाउन्डेसनलाई धन्यवाद दिइन् । उनले पद्मकन्या स्थापनामा समेत मङ्गलादेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।
फाउन्डेसनको तर्फबाट बोल्दै नेतृ सिंहले नेपालको राजनीतिमा मंगलादेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । महिलाहरूका लागि छुट्टै विद्यालय र क्याम्पस स्थापनाका लागि मङ्गलादेवी सिंहले गरेको सङ्घर्षको चर्चा गरेकी थिइन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम र राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीले अक्षयकोषको स्थापनाले गरिब, जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला