एमाले मकवानपुरको अधिवेशन जेठ १८ मा, अध्यक्ष पदमा आधा दर्जनको आकाङ्क्षा
मकवानपुर । नेकपा एमाले मकवानपुरको अधिवेशन आगामी जेठ १८ र १९ गते हुने भएको छ । अधिवेशनका लागि एमाले मकवानपुरले तयारीलाई अन्तिम चरणमा पुगेको जनाइएको छ ।
अधिवेशनको एमाले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनका लागि जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको संयोजकत्वमा विभिन्न समितिहरू गठन गरिएको छ । सम्मेलनलाई लक्षित गरी १२ वटा समितिहरू बनाई सम्पूर्ण तयारीको काम भईरहेको छ भने २०० जना स्वयंसेवक परिचालन गर्ने श्रेष्ठले बताए ।
अधिवेशनले नेकपा एमालेको मार्ग निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादको औचित्यलाई पुष्टि गर्दै सिङ्गो देशमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाई छ । अधिवेशनमा विगतका कार्यको वस्तुनिष्ठ समीक्षा, निर्माण हुने आगामी कार्ययोजना र कार्ययोजना दृढतापूर्वक कार्यान्वयन गर्ने नेतृत्व निर्माणको लागि प्रतिनिधि छनौट नै प्राथमिक कार्य भएको उनले बताए ।
एमाले अधिवेशनमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय सङ्गठनहरूबाट सहभागिता रहने एमाले मकवानपुरका इन्चार्ज देवी ज्ञवालीले बताए । अधिवेशनबाट मजदुर, पेसागत जनसंगठन, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद् समेतबाट छानिएर ७६९ प्रतिनिधीहरुले सहभागिता जनाउने र अधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व चयन गर्ने उनले बताए । उनका अनुसार हेटौँडा–४ रोयल पार्टी प्यालेसमा हुने अधिवेशनमा कुल ७६९ जना प्रतिनिधिले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरू चयन गर्ने छ ।
अध्यक्ष पदमा आधा दर्जन बढी आकाङ्क्षी
एमाले मकवानपुरको नेतृत्वको लागि नेताहरू तीव्र लबिङमा रहेका छन् । एमाले केन्द्रबाट कार्यकारी भूमिकामा रहेका जनप्रतिनिधि र राजनीतिक नियुक्ति लिएका व्यक्तिहरू नेतृत्वको दाबेदार बन्न नपाउने निर्देशनसँगै पदमा नरहेका व्यक्तिहरू लबिङमा रहेका हुन् ।
१०५ सदस्य जिल्ला कमिटी चयनका लागि एमाले मकवानपुरको अधिवेशनमा २ वटा प्यानलका बिचमा प्रतिस्पर्धा हुने देखिएको छ । सर्वसम्मत रूपमा नेतृत्व चयनको तयारी रहे पनि चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । एमाले अध्यक्ष पदमा आधा दर्जन बढी नेताहरूको आकाङ्क्षा देखाएका छन् ।
एमाले मकवानपुरको अध्यक्ष पदमा रघुनाथ खुलाल, श्रीधर पोखरेल, इन्द्रमान स्याङतान, ध्रुव प्रसाद चौलागाई, देवराज रिमाल र लालबहादुर थापा लगायकाको चर्चा रहेको छ ।
यसैगरी उपाध्यक्ष पदका लागि नवीन सिग्देल, हिदम लामा, सुनिल मुक्तान, पार्वती रानाको चर्चा छ भने सचिव पदमा मदन कुमार दाहाल, सुमित्रा काफ्ले लगायतको चर्चा रहेको पाइएको छ ।
उपसचिव पदमा सिता विष्ट, खेम जर्गामगर, दीपक खड्का, जुना दाहाल, आरती पाठक, रमिला सापकोटा, इन्द्रप्रसाद नेपाल, सन्तोष चौलागाई लगायतकाको चर्चा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फेवाताल किनारमा शनिबारदेखि सडक महोत्सव
-
बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा
-
त्रिविको ५० औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
-
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
-
१० बजे १० समाचार : नयाँ पार्टी घोषणाको तयारीमा रावल, बालेनसँग संवादमा रास्वपा
-
किन निलो रङको पगरी लगाउँथे मनमोहन सिंह ?