टी–२० विश्वकप : ब्रायन लाराको अचम्मको विश्लेषण

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपको मिति नजिकिएसँगै पूर्वक्रिकेटर र विश्लेषकहरुले विभिन्न आँकलन पनि गरिरहेका छन् ।
यसै क्रममा वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लाराले एउटा अनौठो विश्लेषण गरेका छन् । उनले सेमिफाइनलमा पुग्न सक्ने टोलीहरुको सूचीमा अफगानिस्तानलाई पनि समावेश गरेका छन् । पछिल्लो समय अफगानिस्तानको टोली लयमा रहेको उनको बुझाई छ ।
यसअघि भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि अफगानिस्तानले उत्कृष्ट प्रदर्शन गरेको थियो । उक्त विश्वकपमा अफगानिस्तानले निखारिएको प्रदर्शन गर्दै इङ्ल्यान्ड, पाकिस्तान र श्रीलंकालाई समेत हराएको थियो ।
थोरै अन्तरका कारण अफगानिस्तान एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुग्नबाट बञ्चित भएको थियो । आफ्नो समयका प्रभावशाली खेलाडी लाराले यी सबै खेलहरुको विश्लेषण गर्दै अफगानिस्तान आगामी टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न सक्ने दाबी गरेका हुन् ।
भारतमा इन्डियन प्रिमियर लिग सुरु हुनुअघि भारत र अफगानिस्तानबिच तीन खेलको टी–२० शृंखला खेलिएको थियो । त्यो शृंखलाको अघिल्लो दुई खेलमा भारतले सजिलो जित हात पारेको थियो । तर, शृंखलाको अन्तिम खेलमा भने अफगानिस्तानले भारतलाई गतिलो चुनौति दिएको थियो ।
बैंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा खेलिएको त्यो खेलमा भारतले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय १२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले पनि निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १२ रन नै बनाएको थियो ।
त्यसपछि खेल सुपर ओभरमा गएको थियो । पहिलो सुपर ओभर पनि बराबरीमा सकिएको थियो । दोस्रो सुपर ओभरमा पुगेर मात्र भारतले अफगानिस्तानलाई हराउन सकेको थियो । आगामी टी–२० विश्वकपमा अफगानिस्तान समूह ‘सी’ मा परेको छ । त्यो समूहमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै
-
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
-
के आर्थिक मन्दीतर्फ बढिरहेको छ विश्व ?
-
आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य
-
इरानमा कोइला खानीमा ग्यास चुहिँदा सात कामदारको मृत्यु
-
गणतन्त्र नै किन ?