पोखरा विमानस्थलबारे चिनियाँ राजदूत र पत्रकारबिच सामाजिक सञ्जालमा सवालजवाफ

काठमाडौँ । पोखरा विमानस्थलको बारेमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र पत्रकार गजेन्द्र बुढाथोकीबिच सामाजिक सञ्जालमा एक्समा सवालजवाफ भएको छ ।
पत्रकार बुढाथोकीले आफ्नो एक्स (ट्वीटर)मा लेखेका छन्, ‘पोखरा विमानस्थलका लागि लिएको ऋणको ब्याजदर २ प्रतिशत रहेको भनिएको थियो, पाँच प्रतिशत पो रहेछ ।’ त्यसमा जवाफ फर्काउँदै राजदूत चेनले उक्त सूचना गलत भएको दाबी गरे ।
त्यसपछि पत्रकार बुढाथोकीले यसको बारेमा प्रमाणसहित प्रकाशित गर्ने दाबी गरे । जसमा राजदूत चेनले कुनै प्रमाण छ भने प्रकाशित गर्न चुनौती दिए । उनले यसलाई गलत मनसायले फैलाइएको आरोप समेत लगाए । यसका लागि बुढाथोकीले माफीसमेत माग्नु पर्ने राजदूत चेनले माग गरे ।
यता, पत्रकार बुढाथोकीले पोखरा विमानस्थलको बारेमा आफूले सप्रमाण आफ्नो पत्रिकामा लेख्ने जवाफ राजदूत चेनलाई दिएका छन् । पत्रकार बुढाथोकीले आफूले न त चिनियाँ राजदूत र न त चीनलाई त्यहाँ केही भनेको बरु सरकारसँग प्रश्न गरेको तर राजदूत चेनले एक्कासि नराम्रो प्रतिक्रिया दिएको बताएका छन् । आफूले चीनको बारेमा कुनै नराम्रो कुरा नगरेको र यथार्थ कुरा मात्र उल्लेख गरेको उनको भनाई छ ।
पोखरा विमानस्थल चीन सरकारको सहयोगमा बनेको हो । सो विमानस्थलको बारेमा बेलाबेलामा टिप्पणी भइरहेका हुन्छन् । केही समयअघि चीनले बीआरआइको परियोजना अन्तर्गत यो विमानस्थल निर्माण भएको बताइरहँदा नेपालले भने उक्त दाबीलाई अस्वीकार गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि पनि हालसम्म पूर्ण रूपमा सञ्चालनमा आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा विधेयकमाथि छलफल, राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर
-
पूरै दिनको यात्राअवधि चार घण्टामा छोटियो
-
मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा
-
टेनिस हस्ती भिक्टोरिया अजारेन्काले किन गरिन् ‘मातृत्व कोष’को प्रशंसा ?
-
घरको पेटीमा बसिरहेका दिदिबहिनीको बोलेरोले लियो ज्यान, १८ वर्षीय चालक पक्राउ
-
ट्रम्पले एक महिनाका लागि मेक्सिकोमाथि लगाएको आयातकर गरे स्थगित