राफाहमा मृत्युका पछिल्ला घटनाले इजरायल नीति फेरिन्नः अमेरिका

वासिङ्टन । हालै इजरायलले गाजाको राफाह शहरमा गरेको हवाई आक्रमण र मृत्युका घटनाहरूको विश्वभर भत्र्सना भइरहेको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले पनि यसलाई दुःखद घटना बताएका थिए । तर यति हुँदा पनि अमेरिकाले इजरायलको साथ नछाड्ने भएको छ ।
शरणार्थी शिविरलाई निशाना बनाएर भएको हवाई हमलामा रफाहमा ४५ जनाको ज्यान गएको घटनामाथि भइरहेको छानबिन नजिकबाट नियालिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले बताएको छ । तर राफाहमा हालै भएका मृत्युका घटनाहरूले आफ्नो इजरायल नीति नफेरिने बताएको छ । सो घटनालाई इजरायलले पनि दुःखद घटना बताएको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।
सो घटनाले इजरायललाई दिँदै आएको सैन्य सहायता थप घटाउन अमेरिकालाई प्रेरित नगर्ने बताइएको छ । बाइडेनले केही अघि इजरायलको आक्रमणका कारण राफाहमा थप मानवीय क्षति वा मानवीय खतरा उत्पन्न भयो भने इजरायलले हतियार सहयता फिर्ता ल्याउने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प