अनन्त राधिका प्रिवेडिङमा गुरु रन्धावासँग पिटबुलको पर्फमेन्स

मुम्बई । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि–वेडिङ समारोह इटलीमा सुरु भएको छ । पहिलो प्रि–वेडिङमा पप आइकन रिहानालाई बोलाइएको थियो ।
प्रि–वेडिङमा पर्फमेन्सका लागि अम्बानीले रिहानालाई ७४ करोड भारु दिएको बताइएको छ । चार दिनसम्म क्रुजमा हुन गइरहेको दोस्रो पि–वेडिङ समारोहमा भने अमेरिकी र्यापर तथा गायक पिटबुललाई बोलाइएको बताइएको छ ।
उनलाई कति पैसा दिएर ल्याउन लागिएको भन्ने खुलासा भएको छैन । पिटबुलले पन्जाबी गायक गुरु रन्धावासँग मिलेर पर्फरमेन्स दिने बताइएको छ । बिहीबार गुरु रन्धावाले पिटबुलसँग आफ्नो प्रस्तुति दिने स्रोतको भनाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर छापेका छन् ।
यो रमाइलो सहकार्य हुने र अतिथिहरूले गुरुको संगीत र पिटबुलको धुनको आनन्द लिन पाउने बताइएको छ । गुरुले यसअघि सन् २०१९ मा पिटबुलसँग ‘स्लोली स्लोली’ गीतमा काम गरेका थिए । गायकको ‘मेरी रानी’, ‘इशारे तेरे’, ‘सुट’ जस्ता गीत निकै चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : तस्बिरमा हेर्नुहोस् पुरस्कार वितरण कार्यक्रम