वासिङ्टन र अबुधावीमा पनि गणतन्त्र दिवस मनाइयो

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) मा विशेष कार्यक्रम आयोजना गरिएको छ । वासिङ्टन र अबुधावीस्थित नेपाली राजदूतावासमा मङ्गलबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा अमेरिका तथा युएईका लागि नेपाली राजदूतहरू क्रमशः श्रीधर खत्री र तेजबहादुर क्षेत्रीले लामो सङ्र्घ र बलिदानबाट प्राप्त गणतन्त्रको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति, विकास तथा सुशासन कायम गर्नु सबै नेपालीको दायित्व भएको बताए ।
त्यसअघि उनीहरूले दूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराएका थिए । अबुधाबिमा भएको कार्यक्रममा युएईमा रहेका नेपाली समुदाय, विभिन्न पेसा र व्यवसायमा आबद्ध नेपाली र कूटनीतिक कर्मचारीसहति एक सय जनाभन्दा बढीको उपस्थिति थियो ।
उक्त दूतावासका अनुसार नेपालको समुन्नत भविष्यका लागि विदेशमा रहेका सबै नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा राजदूत क्षेत्रीले जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ