आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

अवनीत कौरले गरिन् इन्गेजमेन्ट !

बुधबार, १६ जेठ २०८१, १० : ५४
बुधबार, १६ जेठ २०८१

नयाँ दिल्ली । बलिउड अभिनेत्री अवनीत कौर प्रायः हेडलाइनमा छाइरहन्छिन् । हालै अभिनेत्री कान्स फिल्म फेष्टिवलमा देखिएकी थिइन् । 

उनको कान्स लूक र ड्रेसको निकै तारिफ भएको थियो । यतिबेला अवनीतको अर्को तस्वीर सामाजिक सञ्जलामा भाइरल भइरहेको छ । फोटोमा अवनीतले साहिली औंलामा औठी लगाएकी छिन् ।

मंगलबार इन्ष्टाग्राममा शेयर गरेको तस्वीरमा अवनीत गुलाबी ड्रेस देखिएकी छिन् । अभिनेत्रीको औंलामा औठी देखेपछि उनले इन्गेजमेन्ट गरेको अनुमान बढिरहेको छ । 

‘राम्रो चिजका लागि समय लाग्छ । यो मिलनबारे सारा संसारलाई बताउन अति नै उत्सुक छु,’ भनेर पोष्टमा लेखेकी छिन् । यो पोष्ट केही क्षणमा भाइरल भएको थियो । 

उनको यो पोष्टमा फ्यानहरुले अनेकौं प्रश्न गरिरहेका छन् । धेरैको चासो अभिनेत्रीले इन्गेजमेन्ट गरेको हो कि भन्नेमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप