अनन्त–राधिकाको दोस्रो प्रि-वेडिङ समारोह आजदेखि : बजेट ५ सय करोड भारु

मुम्बई । भारतका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङ समारोह आजदेखि सुरु हुँदैछ । चार दिनसम्म चल्ने यो कार्यक्रम पाहुनाहरूको स्वागत दिवा भोजबाट सुरु हुनेछ ।
यो कार्यक्रम इटालीको पार्लेमो सहरमा चल्नेछ। त्यसपछि, सबै पाहुनाहरू क्रुजमा चढ्नेछन् र क्रुजमा स्टाररी नाइट मनाइनेछ।
यो दोस्रो प्रि-वेडिङ समारोह हुने क्रुजको नाम ‘सेलिब्रेटी एसेन्ट’ हो । यो मे २९ मा इटालीको पालेर्मो बन्दरगाहबाट प्रस्थान गरी ४३८० किलोमिटरको यात्रा गरी दक्षिणी फ्रान्स पुग्नेछ ।
उक्त समारोहमा सहभागी हुन अम्बानीका परिवारका सदस्य, परिवारका साथीभाइ र भारत तथा विदेशबाट सेलिब्रेटीहरू इटाली पुगेका छन् । लगभग ३ सय भीआईपी अतिथिहरू यो समारोहमा उपस्थित हुनेछन्।
यस कार्यक्रममा सहभागी हुन भारतबाट धेरै बलिउड सेलिब्रेटीहरू इटाली प्रस्थान गरेका छन् । यस सूचीमा शाहरुख खान, सलमान खान, रणवीर सिंह, रणवीर कपुर र आलिया भट्टजस्ता कलाकारको नाम समावेश छ।
यो उत्सवको कूल बजेट ४०० देखि ५०० करोड भारतीय रुपैयाँ छ। अनन्त-राधिकाको विवाह जुलाईमा हुने भएकाले तीनवटै समारोह (पहिलो, दोस्रो प्रि-वेडिङ र बिहे)को खर्च हेर्दा १५ सय करोड रुपैयाँ बजेट आउनेछ ।
यसअघि मुकेश अम्बानीकी छोरी ईशाको विवाहमा ४०० करोड भारतीय रुपैयाँ खर्च भएको थियो । ईशाले विवाहमा ९० करोडको लेहेंगा लगाएकी थिइन् ।
अर्कोतर्फ, बलिउडको कुरा गर्ने हो भने दीपिका पादुकोण, प्रियंका चोपडा र अनुष्का शर्माको विवाहको कुल बजेट ९० देखि १०० करोड रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म