स्पेनपछि नर्वे र आयरल्याण्डले पनि प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दियो

मड्रिड । स्पेनपछि नर्वे र आयरल्याण्डले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएका छन् । स्पेन, नर्वे र आयरल्याण्ड प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने १४० भन्दा बढी देशहरूमा सामेल भएका छन्।
आयरल्याण्डले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सरकारले प्यालेस्टाइनलाई सार्वभौम र स्वतन्त्र राज्यको रूपमा मान्यता दिन्छ। हामी डब्लिन र रामल्लाहबिच कूटनीतिक सम्बन्ध स्थापना गर्न सहमत भएका छौँ। प्यालेस्टाइनमा आयरल्याण्डको राजदूत नियुक्त गरिनेछ र रामल्लाहमा आयरल्याण्डको दूतावास स्थापना गरिनेछ।’
यता नर्वेले प्यालेस्टाइनलाई एक राष्ट्रको रूपमा मान्यता दिँदै यसलाई 'विशेष दिन' भनेको छ। विगत ३० वर्षदेखि प्यालेस्टाइन राज्यको सुरक्षाका लागि प्रतिबद्ध रहेको नर्वेले बताएको छ । नर्वेको सरकारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्यालेस्टाइनका लागि राज्य नर्वेको-प्यालेस्टाइन सम्बन्धको लागि विशेष महत्त्व छ।’
स्पेनले पनि मंगलबार प्यालेस्टाइनलाई आधिकारिक रूपमा राष्ट्रको दर्जा दिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भने, ‘यो निर्णयको एकमात्र उद्देश्य इजरायल र प्यालेस्टाइनबिचको शान्ति प्रयासमा योगदान पुर्याउनु हो। प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिनु इतिहासको न्यायको कुरा मात्र होइन, यो समयको आवश्यकता पनि हो। यो शान्तिपूर्ण समाधान खोज्ने एक मात्र उपाय हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन