विद्युतीय सवारीमा सरकारले बढायो कर

काठमाडौँ । सरकारले विद्युतीय सवारीको कर वृद्धि गरेको छ । आर्थिक विधेयक, २०८१ मार्फत सरकारले विद्युतीय सवारीको क्षमता (सीसी) को आधारमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म भन्सार शुल्क र १० प्रतिशतसम्म अन्तःशुल्क वृद्धि गरेको हो ।
वृद्धि गरिएको कर अनुसार अब ५० किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार शुल्क लाग्नेछ भने ५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । यसअघि यस सेग्मेन्टका लागि अन्तःशुल्क फ्री थियो भने भन्सार शुल्क १० प्रतिशत मात्र रहेको थियो ।
यसैगरी ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार शुल्क र १० प्रतिशत अन्तःशुल्क रहेकोमा समान ५ प्रतिशतले कर वृद्धि गर्दै सरकारले भन्सार शुल्क २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत पुर्याइदिएको छ ।
१०० किलोवाटदेखि २०० किलोवाटसम्मको विद्युतीय सवारीमा यसअघि भन्सार शुल्क र अन्तःशुल्क समान २० प्रतिशत रहेकोमा यसपटक भन्सार शुल्क १० प्रतिशतले वृद्धि गर्दै ३० प्रतिशत पुर्याएको छ । तर, यता अन्तःशुल्क भने सरकारले चलाएको छैन ।
यस्तै, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको विद्युतीय सवारीको भन्सार शुल्क २० प्रतिशतले बढाएर ६० प्रतिशत पुर्याइदिएको छ भने यता अन्तःशुल्क भने १० प्रतिशतले घटाएर ३५ प्रतिशतमा झारिदिएको छ । यसअघि यस सेग्मेन्टको विद्युतीय सवारीको भन्सार शुल्क ४० प्रतिशत र अन्तःशुल्क ४५ प्रतिशत रहेको थियो ।
३०० किलोवाटदेखि माथिका सबै विद्युतीय सवारीमा सरकारले समान भन्सारमा २० प्रतिशतले वृद्धि गर्दै ८० प्रतिशत पुर्याएको छ भने अन्तःशुल्कमा १० प्रतिशतले घटाएर ५० प्रतिशतमा झारिदिएको छ । यसअघि यस सेग्मेन्टको विद्युतीय सवारीमा भन्सार शुल्क ६० प्रतिशत र अन्तःशुल्क ६० प्रतिशत रहेको थियो ।
यसअघि भन्सार शुल्क तथा अन्तःशुल्कमा दिइएको सुविधाले विद्युतीय सवारीको माग र प्रयोगमा अत्यधिक वृद्धि आएको तर राजस्व गुमेको निष्कर्षसहित सरकारले यसपटक २० प्रतिशतसम्म भन्सार शुल्क र ५ प्रतिशतसम्म अन्तःशुल्कमा वृद्धि गरेको हो । तथापि, २०० किलोवाट माथिका विद्युतीय सवारीमा अन्तःशुल्क बढाइएको छैन थप घटाइएको छ ।
सीसीका आधारमा कायम गरिएको कर (प्रतिशतमा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले गरेको तालाबन्दीप्रति विद्यार्थी सङ्गठनहरूको आपत्ति
-
प्रधानाध्यापकमाथि कुटपिटको आरोपमा वडा अध्यक्षसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी
-
हिल्साको हिउँमा फसेका ६ जनाको सकुशल उद्धार
-
रिङ्कु सदा मृत्यु प्रकरण : पञ्चायतीमा बसेका थप दुई जना पक्राउ
-
काठमाडौँ आइपुगे प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली
-
पक्राउ परेको केही घण्टामै प्रहरी हिरासतबाट थुनुवा भागे