एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’
वीरगन्ज । मधेस प्रदेश सरकारबाट बाहिरिएका नेकपा एमाले र माओवादी केन्द्रका मन्त्रीहरूले अझ निवास छाडेका छैनन् ।
सरकारबाट बाहिरिएको १७ दिन भइसक्दा पनि एमाले र माओवादीका मन्त्रीहरूले मन्त्री क्वाटर खाली गरेका छैनन् ।
सरकारबाट बाहिरिएपछि मन्त्री निवास खाली गर्ने चलन हो । तर वैशाख ३० गते नै राजीनामा दिँदै सरकारबाट बाहिरिएका मन्त्रीहरू भने अझै मधेस भवन भित्रको मन्त्री निवासमै बसिरहेका छन् ।
मन्त्री निवास खाली नगर्ने मन्त्रीहरूमा एमालेका भौतिक मन्त्री बनेका सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री राजकुमार लेखी, शिक्षा मन्त्री प्रमोद जयसवाल र माओवादी केन्द्रबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बनेका युवराज भट्टराई छन् ।
यी चारै जना मन्त्रीहरू अझ पनि मन्त्री निवासमै रहेको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
यता मन्त्री निवास खाली नगर्ने मन्त्रीहरूले भने मन्त्रालयको खर्च बचाउन आफूहरू निवास नछाडेको प्रतिक्रिया दिएका छन् ।
माओवादी केन्द्रबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बनेका युवराज भट्टराई भन्छन्,‘पुनः हाम्रै नेतृत्वमा सरकार बन्छ, त्यसबेला पनि हामी मन्त्री नै रहन्छौँ । अहिले निस्कियो भने पुनः आउँदा थप खर्च बढ्छ, त्यसकारण त्यो खर्च नबढोस् भनेर हामी निवासमा बसेका हौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !
-
फिल्म छायांकन सकेर फर्किए बलिउड अभिनेता जगपति बाबु
-
नेपाल औषधि लिमिटेडले पायो अन्तरराष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र
-
यो हो विश्वको सबैभन्दा महँगो गाई, कति होला मूल्य ?
-
नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक
-
साहारा सहकारीको ठगीमा रवि लामिछानेविरुद्ध कस्तो छ अभियोग, कति हुन्छ सजाय ?