आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा आगामी आवको बजेट टेबुल

मङ्गलबार, १५ जेठ २०८१, २० : १४
मङ्गलबार, १५ जेठ २०८१

राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट टेबुल गरेका हुन् ।

यसैबीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही जेठ २०, २१ र २२ गते सभामा बजेटमाथि सामान्य छलफल र २२ गते नै अर्थमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफका लागि तोकेका छन् ।  
    
राष्ट्रियसभाको अर्को बैठक यही जेठ २० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप