आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

अबण्डा बजेट करिब ७६ अर्ब

budget
मङ्गलबार, १५ जेठ २०८१, २० : १०
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ विविध शीर्षकमा करिब रु ७६ अर्ब बराबर विनियोजन गरेको छ ।

कुनै पनि वार्षिक योजना तथा कार्यक्रममा नराखेर अबण्डा राखिएको बजेट रकम रु ७५ अर्ब ९५ करोड तीन लाख बराबर छ । सरकारले आगामी आवका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याउँदा कूल विनियोजनको चार दशमलव आठ प्रतिशत अर्थ विविध शीर्षकमा राखेको हो । 

अर्थ विविध शीर्षकको रकम धेरै देखिनुलाई आर्थिक अनुशासनका हिसाबले राम्रो ठानिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप