रविको नाम नलेखिएपनि सिम्बोल नम्बर र ठेगाना लेखेर समिति बन्यो : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीबारे छानबिनका लागि गठन गरिएको संसदीय विशेष समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामको ठाउँमा सिम्बोल नम्बर राखिएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाबाट संसदीय छानबिन समिति गठन भएपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री शर्माले कांग्रेसको माग बमोजिम नै लामिछानेको सिम्बोल नम्बर र ठेगाना लेखिएको बताएका हुन् । ‘नाम नभएर के भयो र सिम्बोल नम्बर लेखिएको छ । पाँच ‘स’ भनेर सहकारीको नाम लेखिएको छ । ठेगाना लेखिएको छ– गोरखा मिडिया नेटवर्क भनेर,’ उनले भने ।
परीक्षामा नामको सट्टा सिम्बोल नम्बर लेखिने गरिएको भन्दै महामन्त्री शर्माले छानबिन समितिको दायरामा लामिछाने आउने गरी संसदीय छानबिन समितिको कार्यादेश बनेको बताए ।
सभामुख देवराज घिमिरेले समिति गठन भएको सुनाउँदै गृहमन्त्री लामिछानेलाई दुःखी र खुसी नदेखेको उनले टिप्पणी गरे ।
महामन्त्री शर्माले आफूहरूले तीन महिनादेखि संसदीय छानबिन समिति माग गरेको स्मरण गर्दै अब पीडितका लागि काम गर्ने विश्वास व्यक्त गरे । ‘समितिले पूर्वाग्रहमुक्त भएर काम गर्नेछ भन्ने विश्वास गरौँ । सहकारी ठगीसँगै गिरीबन्धुलाई जोगाउन लाग्ने छैन भन्ने अपेक्षा गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
पेप्सीकोलामा ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन
-
एमालेले बोलायो सचिवालय बैठक