शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

रेमल चक्रवातका कारण असममा एक विद्यार्थीको मृत्यु

मङ्गलबार, १५ जेठ २०८१, १९ : २८
मङ्गलबार, १५ जेठ २०८१

असम । भारतमा रेमल चक्रवातका असममा एक विद्यार्थीको ज्यान गएको छ । अन्य कैयौँ घाइते भएका छन् । 

प्रदेश सरकारको आदेशपछि कैयौँ जिल्लाका सरकारी कार्यालय र विद्यालय जेठ २९ गते बन्द गर्ने घोषणा गरिएको छ । मोरिगाउँ जिल्लामा आँधीका कारण ठुलो रुख जरैसमेत उखेलिँदा टेम्पोमा लाग्दा १७ वर्षीय विद्यार्थीको ज्यान गएको हो । 

मंगलबार बिहान विद्यार्थी विद्यालय जाँदै गर्दा यो घटना भएको हो । मृत्यु हुने विद्यार्थीको पहिचान कौशिक बोरदोलाई एम्फीको रूपमा भएको छ । यसअघि ढेकियाजुलीमा स्कुल बसमा ठुलो रुख खस्दा १२ विद्यार्थी घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप