आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
बजेट भाषण

जेठ २० गतेसम्म प्रतिनिधि सभा स्थगित, २३ गते अर्थमन्त्रीले जवाफ दिने

मङ्गलबार, १५ जेठ २०८१, १९ : १५
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति संसदमा टेबल गरेका छन् ।  

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सोमाथि आगामी जेठ २०, २१ र २२ गते सामान्य छलफल गर्ने र जेठ २३ गते अर्थमन्त्रीले जवाफ दिने समय तोकेका छन् । 

ती बैठकमा दलीय प्रतिनिधित्वका आधारमा छलफल गराइने भएको छ । जेठ २० गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप