आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

कैदिबन्दीको चाप घटाउन प्रोवेसन र प्यारोलको व्यवस्था गर्ने घोषणा

मङ्गलबार, १५ जेठ २०८१, १९ : ११
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । सरकारले कैदीबन्दीको चाप घटाउन प्रोवेसन र प्यारोलको व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै सो घोषणा गरेका हुन् ।

नुवाकोटमा निर्माणाधीन १ हजार ३७० जना क्षमताको कारागार सञ्चालनमा ल्याउने घोषणा गरिएको छ । संसदमा बजेट पेस गर्दै अर्थमन्त्रीले भने,‘कारागारलाई सुधार गृहको रूपमा विकाश गरिने छ ।’

खुला कारागारको अवधारणा अनुसार कैदीबन्दीलाई लघु, घरेलु तथा साना उद्यमका रोजगारीसँग आबद्ध गर्ने घोषणा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप