राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्ने घोषणा

काठमाडौँ । सरकारले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१–०८२ को बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय एकतालाई अक्षुण्ण राख्ने उल्लेख गर्दै सो घोषणा गरेका हुन् ।
अर्थमन्त्री पुनले भने,‘देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गरिने छ ।’
बजेटमा नेपाली सेनाले सञ्चालन गर्दै आएको बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई निरन्तरता दिइएको छ । सो कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा १ अर्ब ५० करोड विनियोजन गरिएको अर्थमन्त्री पुनले संसदमा जानकारी दिए ।
नेपाली सेनालाई प्रविधियुक्त र व्यवसायीक बनाइने अर्थमन्त्रीले बताए । सेनाले सञ्चालन गर्दै आएको सेवादल तालिमलाई स्थानीय स्तरसम्म विस्तार गरिने भएको छ ।
रक्षा मन्त्रालयका लागि सरकारले ५९ अर्ब ८७ करोड रकम विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
नैनसिंह महरलाई प्रश्न : समयमै नेविसंघको महाधिवेशन किन हुँदैन ?