आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

बजेटमा कला र साहित्य : फिल्म स्टुडियो निर्माणदेखि प्रतिलिपि अधिकार संरक्षणसम्म

मङ्गलबार, १५ जेठ २०८१, १८ : ०९
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । सरकारले काभ्रेको बनेपामा चलचित्र छायांकनका लागि स्टुडियो निर्माण कार्य सुरु हुने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै बनेपामा चलचित्र छायांकनका लागि स्टुडियो निर्माण कार्य सुरु हुने बताएका हुन् ।

बजेटमा अर्थमन्त्री पुनले दोलखा चलचित्र नगरी निर्माणका लागि निजी तथा साझेदारी अभियान समेत अगाडि बढाउने बताएको छ । बनेपामा स्टुडियो बनाउन हालै जिल्ला वन कार्यालयले चलचित्र विकास बोर्डलाई जग्गाको स्वामित्व प्रदान गरेको थियो ।

गत वर्षको बजेटमा पनि सरकारले काभ्रेको बनेपामा बन्ने स्टुडियो र दोलखाको फिल्म सिटी सम्बोधन गरेको थियो ।

त्यस्तै यस वर्षको बजेटमा सरकारले भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गीत, नाट्यलगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गर्ने समेत बताएको छ ।

बजेटमा प्रतिलिपि अधिकारको संरक्षण र नियमन समेत उल्लेख गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप