आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सन्तुलित र सहज ढंगको बजेट आयो : देवेन्द्र पौडेल

मङ्गलबार, १५ जेठ २०८१, १७ : ५२
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सहज, सन्तुलित र व्यवहारिक ढंगलको बजेट आएको बताएका छन् ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेपछि त्यसमाथि प्रतिक्रिया दिँदै सांसद पौडेलले पूर्वाधार विकासका लागि अघिल्लो आर्थिक वर्ष भन्दा दोब्बर हाराहारी बजेट आएको बताए । उनले बजेटलाई वितरण मुखी भएको भन्न नमिल्ने टिप्पणी गरे ।

कृषि क्षेत्रलाई व्यवस्थित गर्ने, जग्गालाई व्यवस्थित गर्ने हिसाबले बजेट निकै राम्रो भएको उनले बताए । बजेट अनावश्यक महत्वकांक्षी नभएको र कार्यान्वयन गर्न सकिने खालको रहेको उनले टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप