आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

वितरणमुखी बजेट आयो : कांग्रेस सांसद केसी

मङ्गलबार, १५ जेठ २०८१, १७ : ४२
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुन नर्सिङ केसीले वितरणमुखी बजेट आएको बताएका छन् । मंगलबार संसदमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमाथि टिप्पणी गर्दै लोकप्रीयतावादी बजेट ल्याएको बताए । 

केसीले भने,‘बजेट मूल रूपमा जुन क्षेत्रमा केन्द्रित हुनुपर्थ्यो त्यसमा केन्द्रित नभई वितरणमुखी भएको छ । वितरणमुखी हुनुका साथै जनप्रियतावादी रहेको र ५ लाखलाई रोजगारी दिने भन्ने कार्यक्रम कार्यान्वयन गर्न सम्भव देखिँदैन ।’ 

सांसद केसीले पूर्वाधार निर्माण, कृषि लगायतका क्षेत्रममा वितरणमुखी बजेट आएको उल्लेख गरे । हरेक वर्ष आर्थिक सुझाव आयोग गठन गरेपनि आर्थिक अनियमिततालाई रोक्न नसकिएको बताए । भ्रष्टाचार रोकथाम अहिलेको आवश्यकता भएपनि बजेटले त्यसले सम्बोधन नगरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप