आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

बजेटमा रेल र जलमार्ग, कति पर्‍यो बजेट ?

मङ्गलबार, १५ जेठ २०८१, १७ : ३६
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । सरकारले जयनगर–बर्दिवास रेलमार्ग अन्तर्गत विजलपुरा–बर्दिवास खण्ड तथा बथनाहा–विराटनगर खण्डमा जग्गा प्राप्तिको कार्य सम्पन्न गर्ने भएको छ । मंगलबार सार्वजनिक बजेटअनुसार पूर्व-पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–चोचा खण्डको निर्माणाधीन कार्य सम्पन्न गरिने भएको छ । 

यस्तै केरुंग–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न पनि गरिने भएको छ । रेलमार्ग विकासका लागि रु ३ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले बताए । 

यस्तै सुनकोशी र नारायणी नदीमा जलमार्ग निर्माण सुरु गरिने भएको छ । बजेटमार्फत भएको घोषणाअनुसार नारायणी नदीमा सञ्चालित जलयानमा यात्रु चढ्न र ओर्लन सहज र सुरक्षित हुने गरी टर्मिनल निर्माण गरिनेछ । 

यस्तै यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गरी सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाइने सरकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप