युवा परिचालन कार्यक्रमका लागि तीन अर्ब बजेट विनियोजन

काठमाडौँ । सकारले आर्थिक वर्ष २०८१/८२ मा युवा परिचालन कार्यक्रम सञ्चालन गर्न तीन अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा युवाको क्षमता अभिवृद्धि गरी उत्पादनमूलक क्षेत्रमा समाहित गर्न युवा परिचालन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
युवा परिचालन कार्यक्रमअन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि, पशुपक्षी फर्म, होटल, पर्यटन, निर्माणलगायतका क्षेत्रमा कार्यस्थल तालिम प्रदान गरी कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिने उल्लेख छ ।
यसैगरी स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि र प्रविधि क्षेत्रका एक हजार युवालाई फेलोसिप प्रदान गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । यसका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिने उल्लेख छ । युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज प्रवाह गरिने पनि उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्