आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सुरक्षाकर्मीको सेवा निवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने घोषणा

मङ्गलबार, १५ जेठ २०८१, १७ : १०
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । सुरक्षाकर्मीहरूको सेवा निवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने घोषणा गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै सो घोषणा गरेका हुन् । 

प्रहरी र शसस्त्रमा अवकाश हुने उमेर बढाउनुपर्नेबारे छलफल भइरहेको छ । प्रहरी र सशस्त्रको नयाँ ऐनमा त्यसबारे व्यवस्था गर्नेबारे छलफल भइरहेको बेला अर्थमन्त्रीले सो घोषणा गरेका हुन् । 

नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागलाई संस्थागत रूपमा सुदृढ र व्यवसायीक बनाउने घोषणा गरिएको छ । अर्थमन्त्रीले कारागारलाई सुधार गृहको रूपमा विकाश गर्ने घोषणा गरेका छन् । 

अन्तर्राष्ट्रिय सिमा सुरक्षामा स्थानीय नागरिकलाई सहभागिता र अपनत्व बढाउने कार्यक्रम विनियोजन गर्ने घोषणा गरिएको । नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारलाई सञ्चालनमा ल्याउने घोषणा गरिएको छ । 

गृह मन्त्रालयतर्फ १ खर्ब ९९ अर्ब २४ करोड रकम विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप