सरकारले ल्यायो ५ खर्ब ४७ अर्ब घाटाको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै साढे ५ खर्ब रुपैयाँ बराबरको घाटाको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले ठुलो आकारको बजेट ल्याएको सरकारले ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँको घाटाको बजेट ल्याएको हो ।
आगामी आर्थिक वर्षका लागि सरकारले कूल १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको जनाएको छ । विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजिगततर्फ ३ खर्ब ५२ अर्ब (१८.९४ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४ प्रतिशत) विनियोजन गरेको छ ।
तर यता खर्च व्यहोर्ने स्रोतका रूपमा सरकारले आगामी आर्थिक वर्ष राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ व्यहोर्ने र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ व्यवस्था गरिने बताएको छ । यसोगर्दा अपुग हुने ५ खर्ब ४७ अर्ब ६७ करोडमध्ये वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ व्यहोर्ने र आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाइने सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो चिया पकाउने सही तरिका ?
-
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-
विश्वकै दोस्रो धनाढ्य बने मार्क जुकरबर्ग
-
अष्ट्रेलियामा बक्स अफिसमै रिलिज हुँदै ‘छक्का पन्जा– ५’
-
अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट भैरहवामा यात्रु ओसार्दै नेपाल एयरलाइन्स
-
घटे कपिल शर्माको शोका दर्शक, दुई एपिसोडको भ्यूज १८ लाख मात्रै