आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

आगामी वर्ष थप ४ लाख ४५ हजार जनसङ्ख्यामा खानेपानीको पहुँच पुर्‍याउने

मङ्गलबार, १५ जेठ २०८१, १६ : ४६
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । सरकारले सुनकोसी मरिन तथा सुनकोसी–कमल मरिनबाट आयोजनाबाट तराईका ८ जिल्लामा खानेपानी पुर्‍याउन सम्भाव्यता अध्ययन गर्ने भएको छ । यस्तै नारायणी नदीबाट चितवन र भेरी बबईबाट कोहलपुर र नेपालगन्ज लगायतका स्थापनामा थोक वितरण प्रणालीबाट पानी वितरण गर्न सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्रीले घोषणा गरे ।

भक्तपुरको महादेवखोला तथा गुल्मीको कंकी देउरालीमा जलाशययुक्त खानेपानी आयोजनाको काम अघि बढाइने भएको छ । ३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोवीघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने समेत सरकारको योजना छ ।

मधेस, कर्णाली र सुदूरपश्चिममा खानेपानी सरसफाइ तथा प्रशोधन सुरु गर्ने योजना अघि बढेको छ । आगामी वर्ष खानेपानी विस्तार सुविधाबाट ४ लाख ४५ हजार थप जनसङ्ख्या लाभान्वित हुने सरकारको आङ्कलन छ । अर्थ मन्त्रालयले खानेपानी मन्त्रालयका लागि २६अर्ब ६३ करोड विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप