आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

गोरखामा ‘पोड वे’ यातायात सञ्चालनका लागि बजेट

मङ्गलबार, १५ जेठ २०८१, १६ : ३९
मङ्गलबार, १५ जेठ २०८१

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै पोड वे यातायात कार्यक्रम अघि सारेका छन् । 
पृथ्वी राजमार्गको विमलनगर देखि गोरखाको लिगलिगकोट, भच्चेक वारपाक, बुङकोट गोरखा बजार, मनकामना बेनीघाटसम्म पोडवे यातायातको संभाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अघि बढाइने बताए । 
यस्तै राष्ट्रिय राजमार्ग र रणनीतिक सडकमा १५० वटा पुल निर्माण सम्पन्न गर्ने बताए । नारायणी तथा तिनाउ नदीमा सिग्नेचर पुल निर्माण कार्य गरिने र यी कार्यका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप