आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

मेलम्ची खानेपानी आयोजनलाई ५० करोड बजेट

मङ्गलबार, १५ जेठ २०८१, १६ : ३८
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । सन २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ । सबै तहको समन्वय र सहकार्यमा ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिने अर्थमन्त्री वर्षमान पुनको घोषणा छ ।

मेलम्ची खानेपानी आयोजनालाई दिगोरुपमा सञ्चालन गर्ने, सुन्दरीजल पानी प्रशोधन केन्द्रलाई विस्तार गर्ने जस्ता योजना समेत सरकारको छ । बालुवाटार, विशालनगर, मण्डीकाटार, चावहिल लगायत क्षेत्रका ६४५ किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न गरेर खानेपानी वितरण गरिनेछ ।

यस्तै काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरको स्थानमा खानेपानीको वितरण प्रणाली विस्तार गर्ने अर्थमन्त्रीको भनाई छ । मेलम्ची खानेपानी आयोजनालाई ५० करोड बजेट विनियोजन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप