आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

छात्रवृत्तिका लागि ६० करोड बजेट

मङ्गलबार, १५ जेठ २०८१, १६ : ३५
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा विद्यालय शिक्षामा प्रदान गरिने छात्रवृत्तिका लागि ६० करोड रुपैयाँ विनियोजित गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण प्रस्तुत गर्दै विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड विनियोजन गरेको बताएका हुन् । 

अतिविपिन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कक्षा ६ देखि कक्षा १२ सम्म नै छात्रवृत्ति प्रदान गर्ने भएको छ । हाल कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रदान गरिँदै आएको थियो । यसलाई विस्तार गरेर कक्षा ६ देखि नै बनाइएको अर्थमन्त्री पुनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप