आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

खेल पूर्वाधार लागि १ अर्ब ३० करोड बजेट विनियोजन

मङ्गलबार, १५ जेठ २०८१, १६ : २५
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै खेल पूर्वाधार लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको जानकारी दिएका छनु । 

मंगलबार संघीय संसदको दुवै सदनलाई संवोधन गर्दै अर्थमन्त्री पुनले सुर्खेतमा हुने राष्ट्रिय खेलकुद प्रतियोगितालाई ६० करोड बजेट विनियोजन गरेका छन् । 

मुलपानीको क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने बताए । 

भरतपुरमा रहेको गौतम बुद्ध क्रिकेट रंगशालाई संघ, प्रदेश र स्थानीय तह संलग्न भएर बनाउँने, त्रिवि क्रिकेट मैदानको स्तरोन्नती गर्ने बताए । खेल पूर्वाधार लागि १ अर्ब ३० करोड विनियोजन गरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप