आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
बजेट भाषण

श्रम मन्त्रालयले पायो ८ अर्ब १० करोड बजेट

मङ्गलबार, १५ जेठ २०८१, १६ : १६
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ अर्ब १० करोड पाएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बजेट विनियोजन गरिएको घोषणा गरे । 

यस्तै श्रम र रोजगारीसम्बन्धी समस्या सम्बोधनका लागि श्रमाधान योजना सञ्चालन गरिने उनको भनाइ छ । यस्तै वैदेशिक रोजगारीलाई व्यवस्थित गरिने भन्दै पुनले आगामी आर्थिक वर्षमा तीन वटा रोजगारका गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिने पुनले बताए । यस्तै पुनले कम्तीमा १ लाख रिटर्नीलाई स्वरोजगार बनाउने पनि घोषणा गरे । 

आगामी आर्थिक वर्षमा प्रदेश प्रदेशका १ हजार युवालाई स्वरोजगार बनाउन ४३ करोड बजेट विनियोजन गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप