बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रदेश ५ को संसदमा प्रधानमन्त्रीद्वारा १ घण्टा ४ मिनेट लामाे सम्बोधन, के–के भने ?

आइतबार, १६ वैशाख २०७५, १२ : २१
आइतबार, १६ वैशाख २०७५

 तेजेन्द्र केसी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्न सकिने बताएका छन् । उनले नारायणीदेखि कर्णालीसम्म र सुस्तादेखि राजापुरसम्मका भूभागले विकास तथा समृद्धिको संकेत गरेको बताए ।

 प्रदेश नम्बर ५ को बिशेष बैठकलाई  सम्बेधन गर्दै प्रधानमन्त्री ओलीले विकासमा प्रदेशलाई नमूना बनाउनुपर्ने बताए ।
 
लुम्बिनी आउने क्रममा  प्रदेशसभामा सम्बोधन गर्ने कार्यतालिका बनाएका ओलीले  आज बिहान  ९ बजे  प्रदेश सभामा सम्वोधन गर्ने कार्यतालिका थियो । तर, उनी  १० बजेर ४० मिनेट मात्र  प्रदेश सभामा सम्वोधन गर्न पुगेका थिए । 
 उनले १ घण्टा ४ मिनेट ऐतिहासिक प्रदेशसभालाई सम्बोधन गरेका छन् । १ बजेर ४० मिनेटमा सम्वोधन गर्न शुरु गरेको ओलीले ११ बजेर ४४ मिनेट सम्म भाषण गरेका थिए ।

 सम्बोधनका क्रममा प्रदेश नम्बर ५ को  प्रशसा गर्न धेरै समय खर्च गरेका ओलीले कृषि र पर्यटनबाट यो प्रदेश समुद्ध बनाउन सकिने बताए । 

उनले प्रदेश नम्बर ५ दुनियाँ अन्धार हुँदा ज्ञानको ज्योति छर्ने बुद्ध जन्मेकोस्थल रहेकाले यस क्षेत्रलाई समृद्ध बनाउन सबै लाग्नुपर्ने बताए ।
 
प्रदेशसभालाई पहिलो पटक सम्बोधन गरेका उनले भैरहवामा निर्माणधिन विमानस्थल सम्पन्न भएपछि विकासलाई थप टेवा पुग्ने बताए ।

ओलीले  संघियता हजारौं बर्षदेखिको संघर्षको परिणाम भएको पनि बताए ।

 संघीयताले अधिकार, अवसर र सुरक्षा सम्मान, सामाजिक न्याय ल्याएको पनि ओलीले बताए ।
‘प्रादेशिक संरचना, प्रदेशसभा सरकार सबैलाई बधाई दिन चाहन्छु ’,  उनले भने, ‘आज पहिलोपटक म यहाँहरुको यस प्रदेशसभाको सम्बोधनका लागि सांसदको सफलताका निम्ति, सभामुख महोदयको सफलताका निम्ति हार्दिक शूभकामना व्यक्त गर्दछु ।’

‘पहिला केन्द्रमा सरकारमा हुन्थ्यो, अब प्रदेशमा पनि सरकार हुन्छ । यस प्रदेशसभामा आज उपस्थित भएको छु  । यो आधा दशकको उपलब्धी हो’, उनले सम्बोधनका क्रममा भने । 
 
आधा दशक भन्दा बढि नेपाली जनता कठिनाइपूर्ण संघर्ष पार गरेर आजको अधिकार सम्पन्न घडीमा आइपुगेको पनि ओलीले बताए ।


सेनाको हेलिकप्टरबाट आएका ओली सम्बोधनपछि  लुम्बिनीमा जारी बौद्ध सम्मेलनतर्फ प्रस्थान गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप