आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

नागरिक उड्यान पूर्वाधारका लागि ३ अर्ब ७७ करोड बजेट

अर्थमन्त्रीको गृह जिल्ला रोल्पाको विमानस्थलको स्तरउन्नति गरिने
मङ्गलबार, १५ जेठ २०८१, १६ : ०२
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनको गृह जिल्ला रोल्पाको बडाचौरमा रहेको विमानस्थलको स्तरउन्नतिका लागि बजेट परेको छ ।

पर्यटन मन्त्रालय अन्तर्गत विमानस्थलको सुधार तथा स्तरउन्नति कार्यक्रमका लागि सरकारले बजेट छुट्याउँदै सुर्खेत विमानस्थल, रोल्पाको बडाचौर विमानस्थल दाङ टरीगाउँ, जुम्ला, विराटनगर, नेपालगञ्ज र धनगढीको विमानस्थलको स्तरउन्नति गरिने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । 

नागरिक उड्यान तथा पूर्वाधारतर्फ ३ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले जनाकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप