आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सार्वजनिक निकायले नेपालमा बनेका गलैँचा खरिद गर्नुपर्ने

मङ्गलबार, १५ जेठ २०८१, १५ : ५५
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । सरकारले सार्वजनिक निकायले नेपालमा बनेका गलैँचा खरिद गर्नुपर्ने घोषणा गरेको छ । संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले यस्तो घोषणा गरेका हुन् । ‘निजगढदेखि ढल्केबरसम्मको आसपासको क्षेत्रलाई नेपाली गलैँचा कोरिडोरको रूपमा विकास गरिने छ । सार्वजनिक निकायले नेपालमा बनेका गलैँचा खरिद गर्नुपर्ने छ,’ अर्थमन्त्री पुनले भने ।

प्रदेश तथा स्थानीय तहको सहकार्यमा सल्यान तथा रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोर, जुम्लाको हिमा र तिला नदी आसपासको क्षेत्रलाई मार्सी धान करिडोर बनाइने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप