बजेट भाषण
गाई भैँसीको नश्ल सुधारका लागि ३८ करोड विनियोजन
मङ्गलबार, १५ जेठ २०८१, १५ : ४३
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले गाई भैँसी नश्ल सुधारका लागि ३८ करोड र भ्याक्सिन उत्पादनका लागि ४० करोड रुपैयाँ विनियोजन गरेका छन् ।
मंगलबार अर्थमन्त्री पुनले संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै स्वदेशमै बढी दुध उत्पादन गर्ने पशुको विकासका लागि गाई र भैँसीमा नश्ल सुधारका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।
पशुपक्षीको रोग नियन्त्रण गर्नका लागि आगामी वर्ष ५ करोड डोज खोप उत्पादन गरिने बताए । आगामी ३ वर्षभित्र पिपिआर र स्वाइन फ्लू रोग उन्मूलन गर्ने गरी निःशुल्क खोप सञ्चालन गर्ने बताए । खोरेत रोग उन्मूलन गर्न खोप अभियान सञ्चालन गर्ने बताए । खोप उत्पादन गर्नका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रिमियर लिग क्रिकेट : काठमाडौँ गुर्खाजले १५ लाखमा किन्यो साहब आलमलाई
-
नेपाल प्रिमियर लिग क्रिकेट : दीपेश कँडेल काठमाडौँ र सन्तोष कार्की चितवनमा
-
कांग्रेस कार्यकर्ताद्वारा यमुनामाई गाउँपालिकामा तालाबन्दी
-
दक्षिणकाली र सिस्नेरीका बाढी तथा पहिरो प्रभावित १२० परिवारलाई राहत वितरण
-
प्रधानन्यायाधीश राउतद्वारा पदभार ग्रहण, तस्बिहरु
-
अमेजन प्राइममा नेपाली फिल्म ‘अनौठो तृष्णा’