सरकारको प्राथमिक्तामा जलविद्युत : अर्थमन्त्रीले गरे यस्ता घोषणा
![सरकारको प्राथमिक्तामा जलविद्युत : अर्थमन्त्रीले गरे यस्ता घोषणा](https://npcdn.ratopati.com/media/news/electricity-bijuli_bUNv92pZuv.jpg)
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रसारणलाईनमा ९०० मेगावाट बिजुली थपिने प्रक्षेपण गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट भाषण गर्दै आगामी वर्ष ९०० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाईनमा जोडिने लक्ष्य सुनाएका हुन् ।
यससँगै आगामी वर्ष नेपालको कूल जडित क्षमता ४ हजार मेगावाटभन्दा माथि पुग्ने छ । हाल नेपालको कूल जडित क्षमता साढे ३ हजार मेगावाट आसपास छ । यस्तै प्रतिव्यक्ति विद्युत् खपत ४५० युनिट पुर्याउने, बंगलादेशमा बिजुली निर्यात, जलाशययुक्त बाँध र यी सबै योजनामा निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्ने नीति सरकारको छ ।
यसका लागि बुढीगण्डकी, दुधकोसी र नलसिंगाढ जस्ता जलाशययुक्त आयोजनाको निर्माण सुरु गर्ने अर्थमन्त्रीको भनाई छ । वैदेशिक रोजगारीमा रहेका युवाको समेत लगानीमा दुई वटा आयोजनाको निर्माण अघि बढाउने उनको घोषण छ ।
यस्तै जलविद्युतमा जनताको लगानी कार्यक्रम मातहत आयोजना अघि बढाउने, १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन सुरु गर्ने सरकारको घोषणा छ । ऊर्जा उत्पादनलाई विविधीकरणलाई प्रोत्साहन गर्न निजी क्षेत्रको लगानीमा १०० मेगावाट सोलार परियोजना अघि बढाउने र हाइड्रोजनमा लगानी प्रोत्साहन गर्ने अर्थमन्त्रीको घोषणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासी लखेट्ने ट्रम्पको नीतिले अमेरिकी आर्थिक वृद्धिदर खुम्च्याउने चेतावनी
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी
-
पाथीभरा केबलकार विवाद : सहमति नभएपछि पुनः आन्दोलनको घोषणा
-
‘मेक्सिको खाडी’ अबदेखि हुने भयो ‘अमेरिका खाडी’
-
देशमा इमानदारिताको खडेरी लाग्यो : सुरेश आले मगर
-
विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी