आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

बजेटमार्फत नागरिकमा आत्मविश्वास जगाउनुपर्ने चुनौती छ : अर्थमन्त्री पुन

मङ्गलबार, १५ जेठ २०८१, १५ : १९
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गरेको हो । 

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रलाई सबल बनाउनुपर्ने आफूले ठानेको दाबी गरेका छन् । उनले नयाँ चरणको सुरुवात हुनुपर्ने भन्दै आम नागरिकको आत्मविश्वास जगाउने गरी बजेट ल्याउनुपर्ने चुनौती आफूलाई रहेका उनले बताए ।

उनले लगानी कानुनका लागि एकै पटक कानुन सुधार गर्दै लगानीको वातावरण बनाएको पनि बताए । उनले गणतन्त्रको उपलब्धि , नेपाल सरकारको नीति तथा कार्यक्रम, संसदमा भएको छलफल र सबै क्षेत्रको सुझावलाई ध्यान राखेर बजेट बनाइएको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप