बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
मङ्गलबार, १५ जेठ २०८१, १२ : ०३

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै तोलामा ४०० रुपैयाँले बढेर कारोबार सुरु भएको जानकारी दिएको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ६०० रुपैयाँ छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ कायम थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १९ सय २० रुपैयाँ कायम भएको जनाएको हो । हिजो तोलामा १८ सय ८० रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषण घटेपछि खुल्यो आकाश, देखिन थाले हिमाल, तस्बिरहरू
-
शिक्षकहरूको आन्दोलनमा अभिभावक घुसेपछि...
-
फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
-
पौडी खेल्ने क्रममा तीन बालक दानव नदीमा बेपत्ता
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक
-
विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन