रोनाल्डोको नाममा अर्को कीर्तिमान
![रोनाल्डोको नाममा अर्को कीर्तिमान](https://npcdn.ratopati.com/media/news/ronaldo_IVZOoIpKWm.gif)
काठमाडौँ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रिमियर लिगमा अर्को कीर्तिमान बनाएका छन् । अल नासर र अल ईत्तिहादबिच सोमबार राति खेलिएको खेलसँगै रोनाल्डोले यस्तो कीर्तिमान बनाएका थिए ।
उक्त खेलमा अल नासरका लागि रोनाल्डोले दुई गोलको योगदान गरेका थिए । सोही कारण अल नासरले अल ईत्तिहादलाई ४–२ गोलले हराएको थियो । रोनाल्डो यो सिजनको साउदी व्यावसायिक लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पहिलो स्थानमा छन् ।
साउदी व्यावसायिक लिगमा यो सिजन रोनाल्डोले ३५ गोल गरिसकेका छन् । उनी साउदी प्रिमियर लिगको इतिहासमा एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । ३९ वर्षीय रोनाल्डोले अब्देररजाक हमदल्लाहको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।
अब्देररजाक हमदल्लाहले सन् २०१८÷१९ सिजनको साउदी व्यावसायिक लिगमा ३४ गोल गरेका थिए । पोर्चुगिज स्ट्राइकर रोनाल्डोले अल नासरका लागि हालसम्म विभिन्न प्रतियोगितामा ६९ खेल खेल्दै कुल ६४ गोल गरिसकेका छन् ।
रोनाल्डो सन् २०२३ को जनवरीमा अल नासरमा आबद्ध भएका थिए । त्यसअघि उनी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्थे । रोनाल्डोले आफ्नो २२ वर्ष लामो सक्रिय खेलजीवनमा गरेको गोल सङ्ख्या भने सात सय ६५ पुगेको छ ।
पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनबाट ब्यसवायिक खेलजीवन सुरु गरेका रोनाल्डोले अल नासर र म्यानचेस्टर युनाइटेडका अतिरिक्त स्पेनिस पावर हाउस रियल म्याड्रिड र इटालियन क्लब युभेन्ट्सबाट पनि व्यावसायिक खेल खेलिसकेका छन् ।
यी महान खेलाडीले राष्ट्रिय टोलीबाट पनि दुई सय ६ खेल खेल्दै कीर्तिमानी रुपमा एक सय २८ गोल गरिसकेका छन् । आफ्नो पछिल्लो खेलमा विजयी भएपछि अल नासरले जारी सिजनको लिग अङ्क तालिकाको दोस्रो स्थानमा रहेर टुङ्ग्याउने पक्का भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिन जोशीलाई छुटाउन प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट पहल गर्दा हुँदैन ?
-
आवासीय चिकित्सकहरूको आन्दोलनप्रति नेपालीज् स्टुडेन्ट एसोसिएसन बंगालादेशको ऐक्यबद्धता
-
कालीकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
‘डेब्यू’ खेलमै कप्तानको जिम्मेबारी पाउने भाग्यमानी क्रिकेटर !
-
कैलारीमा थेगिनको लापरबाही : सुर्मीनाला मोटरेबल पुल अलपत्र
-
वार्नर ब्रोजले युट्युबमा हाल्यो फूल लेन्थका ३१ फिल्म