बजेट
सर्यो मन्त्रिपरिषद् बैठक र बजेट भाषणको समय
मङ्गलबार, १५ जेठ २०८१, ११ : ४५

काठमाडौँ । मन्त्रीपरिषद् बैठक र प्रतिनिधि सभाको बैठकको समय सारिएको छ । मंगलबार बिहान ११ बजेका लागि निर्धारित मन्त्रीपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।
यस्तै आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय पनि सारिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ ।
मन्त्रीपरिषद् बैठक र संसद् बैठकको समय परिवर्तन भएको खानेपानी मन्त्री राजेन्द्र कुमार राईले रातोपाटीलाई जानकारी दिए । संसदीय छानबिन समिति गठनका लागि सहमति जुटाउनका लागि बैठकको समय सारिएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
राप्रपा नेताहरू पशुपति, प्रकाशचन्द्र, रवीन्द्र, धवललगायतको पद धरापमा !
-
नासिए मौलिक सम्पदा
-
धवलशमशेर छुट्ने भएपछि भद्रकालीमा राप्रपा कार्यकर्ताको भिड (तस्बिरहरू)
-
भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ : मन्त्री अधिकारी