कार्यदलले तयार गरेको टीओआरको मस्यौदा शीर्ष नेतासमक्ष पेश गरिने

काठमाडौँ । विभिन्न सहकारीको बचत रकम अपचलन भएको विषयमा संसदीय छानबिन समितिको कार्यादेश(टीओआर)मा सहमति जुटाउन कार्यदलले टुङ्ग्याउने तयारी गरेको छ । मंगलबार सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बस्ने बैठकले छानबिन समितिमा बस्ने व्यक्तिहरूको नाम, टीओआर लगायत विषय टुङ्गो लगाउने कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए ।
बर्तौलाका अनुसार टीओआरमा कार्यदलले सहमतिको मस्यौदा तयार गरेपछि शीर्ष नेताहरूलाई बुझाइनेछ । त्यहाँ यसलाई अन्तिम रूप दिइनेछ । ‘छानबिन समितिमा बस्ने दल र व्यक्तिबारे छलफल भइरहेको छ । कुनै टुङ्गो लागेको छैन । कार्यदलले टीओआरमा सहमतिको मस्यौदा तयार गरेपछि साँझ बस्ने शीर्ष नेताहरूको बैठकले अन्तिम रूप दिनेछ । समितिमा बस्ने व्यक्तिहरूको नाम पछि टुङ्ग्याउनेछ’, रातोपाटीसँग बर्तौलाले भने ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलसहित शीर्ष नेताहरूको बैठकले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकाश सपुतको ‘वसन्त’ले कति पायो शो ?
-
कोशी पर्यटन वर्ष २०८२ : लक्ष्य १० करोड खर्च गर्ने, तयारी कस्तो ?
-
तीनकुने घटनाका दोषीमाथि कारवाही गर्न नेविसंघको माग
-
तीनकुने घटनाका दोषीमाथि कडा कारबाही गर्न अखिल (समाजवादी) को माग
-
फोहोर नगरेको भन्दै बालेनले दिए शिक्षकहरूलाई धन्यवाद
-
फोक्सोको डाक्टरले हड्डीको उपचार गर्न खोज्दा बिरामीको मृत्यु