रेमल चक्रवातका कारण भारत र बङ्गलादेशमा १६ जनाको मृत्यु

नयाँ दिल्ली । रेमल चक्रवातका कारण भारत र बङ्गलादेशमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । चक्रवातले यी दुई देशका तटीय क्षेत्रमा विध्वंस गरेको छ । मुसलधारे वर्षाका कारण कयौं क्षेत्र डुबानमा परेका छन् । बङ्गलादेशमा ८४ लाख भन्दा धेरै मानिस चक्रवातको चपेटामा आएको बताइएको छ ।
चक्रवातका कारण बङ्गलादेशमा कम्तीमा १० जनाको मृत्यु भएको विपद् व्यवस्थापन प्रमुख मिजानुर रहमानले भनेका छन् । केहीको मृत्यु आश्रय स्थलमा जाने क्रममा मृत्यु भएको बताइएको छ । केहीको मृत्यु भने पर्खाल भत्किएर वा बाढीमा परेर भएको बताइएको छ । बंगलादेशका १९ जिल्लामा ३५ हजार घरहरू क्षतिग्रस्त भएका छन् । अरु १ लाख १५ हजार घरहरू भने आंशिक रुपमा क्षति पुगेको बताइएको छ ।
भारतको पश्चिम बंगाल राज्यमा चार जनाको करेन्ट लागेर मृत्यु भएको थियो । योसँगै मर्नेको संख्या सो राज्यमा ६ जना पुगेका छन् । बंगलादेश र भारतमा गरेर झन्डै १० लाख मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल