टी–२० विश्वकप : अभ्यास खेलमा ओमान र नामिबियाको जित

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको औपचारिक अभ्यास खेलमा मंगलबार ओमानले पपुवा न्यु गिनी (पीएनजी) लाई तीन विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको ओमानले भने १९।१ ओभरमा सात विकेट गुमाएर एक सय ४१ रन बनाउँदै विजय लक्ष्य पार गर्यो । ओमानको जितमा जिसन मक्सुदले ४५ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ४२ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।
खालिद काइलले पनि टोलीको खातामा २७ रन थपे । तल्लो क्रमका ब्याट्सम्यान मोहम्मद नदिमले अविजित २२ रन बनाए । उनले ११ बलमा एक छक्का र तीन चौका पनि हिर्काए । अयान खानले ११ रन जोडे । ओमानले अतिरिक्त रूपमा १२ रन पायो ।
पीएनजीका बलर चाल्र्स अमिनी, काबुआ मोरिया र एली नाओले दुई–दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीका लागि ओपनर लेगा सिआकाले सर्वाधिक २८ रन बनाएका थिए । सेसे बाउले १८ रन जोडे । पीएनजीका अन्य ब्याट्सम्याको प्रदर्शन सन्तोषजनक रहेन ।
ओमानका बलर अकिब ईलयसले तीन विकेट लिए । बिलाल खानले पनि दुई विकेट हात पारे । ओमानले अर्को अभ्यास खेल बुधबार अफगानिस्तानसँग खेल्नेछ । पीएनजीले भने आफ्नो दोस्रो अभ्यास खेल शुक्रबार नामिबियासँग खेल्नेछ ।
जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने नवौँ विश्वकपमा ओमान समूह ‘बी’ मा परेको छ । त्यो समूहमा इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया र स्कटल्यान्ड पनि रहेका छन् । पीएनजी भने विश्वकपको समूह ‘सी’ मा छ । उक्त समूहमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान र युगान्डा पनि छन् ।
मंगलबार नै खेलिएको अर्को अभ्यास खेलमा भने नामिबियाले युगान्डालाई पाँच विकेटले हरायो । पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले १८।५ ओभरमै केवल पाँच विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।
नामिबियाले अर्को अभ्यास खेल बुधबार अस्ट्रेलियासँग खेल्नेछ । युगान्डाले भने आफ्नो दोस्रो अभ्यास खेल बिहीबार स्कटल्यान्डसँग खेल्नेछ । आगामी विश्वकपमा युगान्डा समूह ‘सी’ मा परेको छ । नामिबिया भने समूह ‘बी’ मा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रविधि भित्रियो, व्यवस्थापन शून्य
-
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति