‘फर्की फर्की’को जापान प्रदर्शनमा अनमोल पनि सहभागी हुने

काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर गत बिहीबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो ‘फर्की फर्की’ । फिल्मले नेपालमा राम्रो व्यवसाय गरिरहेको निर्माता बताउँछन् ।
यस्तैमा फिल्मको जापानमा पनि प्रदर्शन हुने भएको छ । फिल्मको आगामी जुन ९ अर्थात जेठ २७ गते जापानको टोक्यो सहरमा रेड कार्पेट प्रिमियर सहित प्रदर्शन हुन लागेको हो । जसमा फिल्मका मुख्य अभिनेता अनमोल केसी समेत सहभागी हुनेछन् ।
अनमोल टोकियोमा हुने मुख्य शोमा सहभागी हुनेछन् । सन् २०१८मा चलचित्र ‘कृ’को रेड कार्पेट प्रिमियरमा सहभागी अनमोल ६ वर्षपछि पुनः जापान जान लागेका हुन् । ‘फर्की फर्की’को प्रिमियरको व्यवस्था भिजोनिया कम्पनीका सुवास लामिछानेले गरेका छन् ।
‘अनमोलको क्रेजको कारण ‘कृ’को प्रदर्शनमा दर्शकको उपस्थिति राम्रो थियो’, लामिछानेले भने ‘त्यो भन्दा बढी दर्शक ‘फर्की फर्की’मा हुनेछन् ।’ सुवासले यसअघि ‘कबड्डी ४’ प्रदर्शन गराउँदा पनि दर्शकको राम्रो सहभागिता थियो ।
पछिल्लो समय राम्रो चलचित्र प्रदर्शन हुँदा जापानमा रहेका दर्शकहरूले साथ दिँदै आएका छन् । ‘फर्की फर्की’ जापानको टोक्यो सहर स्थित नाकानो जिरो हलमा जुन ९ तारिख साँझ ६ :३० बजेबाट प्रदर्शन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?
-
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै
-
कारागारका कैदीबन्दी घरेलु इलममा, मासिक १५ हजारसम्म कमाइ