जनक्रान्तिकै बलबाट गणतन्त्र सम्भव भयो : पूर्व प्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनक्रान्तिकै बलबाट देशमा मौलिक अधिकार, समावेशी लोकतन्त्र, सामाजिक सुरक्षाको प्रबन्ध, समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणा जस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको उल्लेख गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै खनालले गणतन्त्र दिवस, सामन्ती निंरकुश राजतन्त्रको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस ऐतिहासिक अवसरमा गणतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।
२०६२–०६३ मा नेपाली जनताले गरेको शान्तिपूर्ण जनक्रान्तिले सदियौँ देखिको सामन्ती, निंरकुश तथा एकात्मक राजतन्त्रात्मक प्रणालीको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै उनले यो नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमदानबाटै स्थानीयले गरे सिंचाइ योजना मर्मत
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा