आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

मोटिफ एजुकेसनको  ‘गो ग्लोबल एजुकेसन फेयर’ आज

मङ्गलबार, १५ जेठ २०८१, ०८ : ००
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । मोटिफ एजुकेसन अब्रोडले आज ‘गो ग्लोबल एजुकेसन फेयर २०२४’ आयोजना गर्ने भएको छ । अध्ययनका लागि अमेरिका, युके, अस्ट्रेलिया, क्यानडा तथा न्युजिल्यान्ड जान खोजिरहेका विद्यार्थीलाई सहयोग पुर्‍याउने हेतुले आफ्नै केन्द्रीय कार्यालय बानेश्वरमा फेयरको आयोजना गर्न लागेको हो ।

फेयरमार्फत विद्यार्थीले आयल्स, पिटिइ र स्याटको स्थिति के छ भन्नेबारे जानकारी लिन सक्ने मोटिफ एजुकेसन अब्रोडका कार्यकारी अधिकृत उमेश पाण्डेले बताए । उचित समयमा उचित परामर्श लिन सकेको खण्डमा विद्यार्थीहरू आफूले चाहेको मुलुकमा अध्ययनका निम्ति जान सहज हुने भएकोले प्लस टु सकेका विद्यार्थीका लागि यो फेयर उपयोगी बन्ने उनको भनाइ छ ।  

फेयरमा विभिन्न मुलुकका एक दर्जनभन्दा बढी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको उपस्थिति रहनेछ भने उनीहरूमार्फत विद्यार्थीले प्रत्यक्ष रूपमा आफ्ना जिज्ञासा हल गर्न सक्नेछन् । 

मोटिफले अमेरिका, युके, अस्ट्रिया, क्यानडा तथा न्युजिल्यान्डजस्ता मुलुकलाई शैक्षिक गन्तव्य बनाउन चाहने विद्यार्थीहरूका निम्ति परामर्श, छात्रवृत्ति, भिसा डकुमेन्टेसनका लागि चाहिने गाइडलाइन्स तथा भासाका तयारी कक्षा समेत सञ्चालन गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप